साग पुरुष क्रिकेट : नेपालकाे पहिलाे खेल श्रीलंकासँग

 मंसिर ७, २०७६ शनिबार १०:५८:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तगर्गत पुरुष क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ ।

सागमा सहभागी ७ राष्ट्रमध्ये ५ वटाले मात्रै भाग लिने भएका छन् ।  भारत र पाकिस्तानले पुरुष क्रिकेटमा सहभागी नभए सगै ५ देशबीच राउन्ड रोबिन लिगको आधारमा प्रतियोगिता हुने छ।

सार्वजनिक खेलतालिकाअनुसार नेपालले आफ्नो पहिलो खेल मंसिर १७ गते बिहान ११ बजे श्रीलंकाविरुद्ध, दोस्रो खेल १९ गते बिहान ९ बजे भुटानसँग, तेस्रो खेल २० गते दिउँसो १ बजे माल्दिभ्ससँग र लिगको अन्तिम खेलमा नेपालले २१ गते बिहान ११ बजे बंगलादेशसँग खेल्नेछ।  शीर्ष स्थानमा रहने दुई टिम फाइनल पुग्नेछन भने तेस्रो र चौथो स्थानमा रहने टिमबीच तेस्रो स्थान (कास्य पदक) का लागी प्रतिस्पर्धा हुनेछ  ।

२३ गते तेस्रो स्थानका लागि खेल हुनेछ भने फाइनल २४ गते हुनेछ।

 यस्ताे छ नेपाली टिम 

ज्ञानेन्द्र मल्ल (कप्तान), पारस खड्का, सन्दीप लामिछाने, दिपेन्द्र सिंह ऐरी, करण केसी, सोमपाल कामी, विनोद भण्डारी, अविनाश बोहरा, सन्दिप जोरा, आरिफ शेख, पवन सर्राफ, ललितनारायण राजवंशी, कुशल भुर्तेल, सुशन भारी र राशिद खान  

वैकल्पिक – रोहित कुमार पौडेल, भिम सार्की र सागर ढकाल

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया