प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
अस्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा पाकिस्तान दबाबमा आएको छ ।
तेस्रो दिनको खेल सकिँदासम्म पाकिस्तान अस्ट्रेलियाले पहिलो पारीमा बनाएको ५८० रन बराबरी गर्न प्रयासरत छ । पाकिस्तानलाई पहिलो पारीमा २४० रनमा रोक्दै ब्याटिङ गरेकाे अस्ट्रेलियाले ५८० रन बनाएको थियो ।
पहिलो पारीका आधारमा ३४० रनले पछि परेको पाकिस्तानले दोस्रो पारीमा तेस्रो दिनको खेल सकिँदासम्म ३ विकेट गुमाएर ६४ रन बनाएको छ । पाकिस्तानलाई स्कोर बराबरी गर्न अझै २७६ रन आवश्यक छ भने उसका सात विकेट बाँकी छन् ।
क्रिजमा सान मसुद २७ तथा बाबर आजम २० रन बनाएर टिकेका छन् । आइतबार उनीहरुले चौथो दिनको खेल अघि बढाउने छन् ।