टी १० लिग क्रिकेटको उपाधि मराठा अरेवियन्सलाई

 मंसिर ९, २०७६ सोमबार ७:११:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

टी १० लिग क्रिकेटको उपाधि मराठा अरेवियन्सले जितेको छ । आइतबार राति भएको खेलमा डेक्कन ग्लाडियटर्सलाई ८ विकेटले पराजित गर्दै लगातार दोस्रो पटक उपाधि माथि कब्जा जमाएको हो ।

डेक्कनले पहिला ब्याटिङ गर्दै ८ विकेट गुमाएर ८७ रन बनाएको थियो । मराठाले २ विकेट गुमाउँदै ८ औं ओभरमा लक्ष्य पूरा गर्‍यो ।

टस हारेर पहिला ब्याटिङ गरेको डेक्कनको सुरुआत भने बिर्सन लायक नै रह्यो । कप्तान शेन वाट्सन १ रनमा आउट भए भने मोहम्मद शहजादले १४ तथा किरोन पोलार्ड पनि ५ रन बनाएर पेभेलियन फर्किपछि डेक्कनको ब्याटिङ लाइन अप धरापमा परेको थियो ।

भानुना राजपकसाले २३ तथा आसिफ खानले २५ गरि ५३ रनको साझेदारी गर्दै टिम सम्हाल्ने प्रयास गरेका थिए । मराठा अरेवियन्सका लागि ड्वान ब्राभोले २ तथा लासिथ मालिंगा, मिभेल म्याक्लेनेघन र कसुन रजीताले एक एक विकेट लिए ।

८८ रनको लक्ष्य पछ्याएको मराठाले सहज सुरुवात गरेको थियो । क्रिस लिन र चाडविक वाल्टनले पहिलो विकेटका लागि ५६ रनके साझदेरी गर्दै जितको अधार तय गरेका थिए । लिन १६ रन बनाएर आउट भए । 

वाल्टनले ५१ तथा जनीबुल्लाहले १२ रन जोड्दै जित निकाले ।

चाडविक वाल्टन म्यान अफ द म्याच घोषित भए । यस्तै, प्रतियोगिताभर सर्वाधिक ३ सय ७१ रन बनाएका क्रिस लिन प्लेयर अफ द टुर्नामेन्ट बने ।
 

अन्तिम अपडेट: कात्तिक २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया