शेयर बजार तीन अङ्कले घट्याे
बैशाख १३, २०८१ बिहिबार
इंग्ल्याण्डविरुद्धको पहिलो टेस्टमा न्यूजिल्याण्ड एक इनिङ्स र ६५ रनले विजयी भएको छ ।
पहिलो पालिमा ३५३ रन बनाएको इंग्ल्याण्डले दोस्रो पालिमा १९७ रनमा समेटिएपछि न्यूजिल्याण्डले दोस्रो पटक ब्याटिङका लागि मैदानमा टेक्नु परेन । न्यूजिल्याण्डले पहिलो पालिमा ९ विकेटको सम्पातिमा ६१५ रन बनाएको थियो ।
न्यूजिल्याण्डको विशाल योगफल बनाउनका लागि ब्रेड्ले वाल्टिङ र मिचेल स्टेनरले उत्कृष्ट ब्याटिङ गरे ।
वाल्टिङले २०५ रन बनाउँदा स्टेनरले १२६ रनको योगदान गरेका थिए । इंग्ल्याण्डका लागि दोस्रो पारिमा जोय डेन्लीले सर्वाधिक ३५ रन जोड्दा रोरी ब्रुन्स ३१ तथा जोफ्रा आर्चरले ३० रन बनाएका थिए ।
न्यूजिल्याण्डका नेइल वाग्नरले सर्वाधिक ५ विकेट लिँदा मिचेल स्टेनरले तीन विकेट हात पारे । जितसँगै टेस्ट सिरिजमा न्यूजिल्याण्डले १–० को अग्रता बनाएको छ ।