सन्दीप लामिछानेकाे आँखाकाे शल्यक्रिया, साग नखेल्ने

 मंसिर ९, २०७६ सोमबार १७:१७:४० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - सन्दीप लामिछाने डिसेम्बर एक तारिखबाट नेपालले आयोजना गर्ने १३औं दक्षिण एसियाली खेलकुद साग नखेल्ने भएका छन् ।

आँखामा समस्या देखिएपछि उनले डाक्टरहरुको सल्लाहमा आँखाको शल्यक्रिया गरेका छन् । जसका कारण सन्दीपले सागमा सहभागिता नजनाउने भएका हुन् । अब उनले झण्डै चार साता आराम गर्नु पर्नेछ ।  आबुधाबीमा आयोजना भएको टी-१० लिगबाट फर्किएको २ दिनपछि उनले शल्यक्रिया गरेका हुन् ।

सन्दीपले सहभागिता जनाउन नसक्ने भएपछि उनको स्थानमा यू-१९ टोलीका कप्तान रोहितकुमार पौडेललाई साग टोलीमा समावेश गरिएको छ ।

सन्दीप एसीसी इमर्जिङ टिम्स एसिया कपको टोलीमा समावेश भए पनि साग टोलीको अन्तिम १५ मा पर्न असफल रहेका थिए । सन्दीपले बंगलादेशमा भएको एसीसी इमर्जिङ टिम्स एसिया कपमा पनि सहभागिता जनाएका थिएनन् ।

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया