प्रधानमन्त्री ओली बिरामी भएपछि सागका खेलाडीलाई अर्थमन्त्रीले सम्बाेधन गर्ने

 मंसिर १०, २०७६ मंगलबार ११:१७:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका कारण १३ औंँ दक्षिण एसियाली खेलकुदमा सहभागी हुने खेलाडीलाई अर्थमन्त्री युवराज खतिवडाले सम्बोधन गर्ने हुुनुभएकाे छ ।

मंगलबार बिहान ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीहरुलाई सम्बोधन गर्ने र त्यसपछि रंगशालाको निरीक्षण गर्ने कार्यक्रम थियो । अस्पताल भर्ना भएका कारण उहाँकाे सट्टा अर्थमन्त्री खतिवडाले कार्यक्रम सम्बोधन गर्ने हुनुभएकाे हाे ।

कार्यक्रममा खेलाडीका लागि पुरस्कारमा पनि विशेष प्याकेजको घोषणा गर्ने कार्यक्रम तय गरिएकाे छ। प्रधानमन्त्रीको सम्बोधनका लागि पोखरा तथा जनकपुरलगायतका ठाउँमा अभ्यासरत खेलाडी समेत काठमाण्डाै आएका छन् ।

प्रधानमन्त्री ओलीको सम्बोधनका लागि पोखरामा प्रशिक्षणमा रहेको महिला फुटबल र बीच भलिबल टोली पनि सोमबार साँझ नै काठमाण्डौ आइपुगेका छन् ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया