महिला भलिबल खेलाडीलाई ३ लाख नगदसहित सम्मान

 मंसिर १०, २०७६ मंगलबार १४:१५:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले राष्ट्रिय महिला भलिबल टिमका खेलाडीलाई जनही ३ लाख नगदसहित सम्मान गरेको छ । 

बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता राष्ट्रिय महिला भलिबल टिमलाई मंगलबार काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरी सरकारले नगदसहित सम्मान गरेको हो ।

कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले खेलाडीहरुलाई जनही ३ लाख नगद प्रदान गर्नु भएको थियो भने युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले सम्मानपत्र प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै युवा तथा खेलकुदमन्त्री विश्वकर्माले त्यस टोलीले १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा पनि स्वर्ण पदक जितेर नेपालको खेल क्षेत्रको सानलाई अझै माथि उठाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले देशको प्रतिष्ठा र गरिमालाई उचाइमा पुर्‍याउने गरी नेपाली खेलाडीहरुले साग प्रतियोगिताको तयारी गरिरहेको पनि बताउनुभयो ।

सरकारले बंगलादेशमा ऐतिहासिक उपाधि जितेलगत्तै नेपाली महिला टिमलाई जनही ३ लाखका दरले पुरस्कृत गर्ने घोषणा गरेको थियो । गत कात्तिक २८ गते भएको फाईनलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै नेपालले पहिलो ऐतिहासिक अन्तर्राष्ट्रिय उपाधि जितेको थियो ।

महिला भलिबल टिमले जितेको यो उपाधि नेपालको पहिलो अन्तर्राष्ट्रिय उपाधि हो ।

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया