पाकिस्तानमा पूर्वप्रधानमन्त्री खानकाे रिहाइ माग गर्दै हजारौंको ...
मंसिर ११, २०८१ मंगलबार
स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेको छ । समूह एफ अन्तर्गतको खेलमा बोरुसिया डोर्टमण्डलाई ३–१ ले हराउँदै बार्सिलोनाले अन्तिम १६ को यात्रा पक्का बनायो ।
बार्सिलोनाका लागि ७००औँ खेल खेलेका मेस्सीले आफ्नो टिमको जितमा महत्वपूर्ण यागदान दिए । बार्सिलोनाले जितमा लुइस स्वारेज, लियोनल मेस्सी र एन्ट्वान ग्रिजम्यानले एक–एक गोल गरे ।
जितसँगै बार्सिलोनाले एघार अंक बनाएको छ । समूहमा इटालियन क्लब इन्टर मिलान र बोरुसिया डोर्टमण्ड सात–सात अंकका साथ दोस्रो स्थानमा छ ।
क्याम्प नोउमा भएको खेलमा लुइस स्वारेजले मेस्सीको पासमा गोल गर्दै २९ औँ मिनेटमा बार्सिलोनालाई अग्रता दिलाए ।
त्यसको चार मिनेटपछि स्वारेजको पासमा मेस्सीले लेफ्ट फुटेड सट गोलमा परिणत गरे । बार्सिलोनाका लागि क्लबको ६१३ औँ गोल थियो । योसँगै उनले च्याम्पियन्स लिगमा आफ्नो गोल संख्या ११४ पुर्याए ।
पहिलो हाफमा दुई गोलको अग्रता लिएको बार्सिलोेनाले दोस्रो हाफमा एक गोल थप्यो । मेसीले नै दिएको पासलाई ग्रिजम्यानले गोलमा परिणत गरे ।
समूह एफकै अर्को खेलमा इटालियन क्लब इन्टरमिलान विजयी भएको छ । इन्टरमिलानले चेक गणतन्त्रको स्लाभिया प्रागलाई ३–१ ले हरायो ।
प्रागमा भएको खेलमा इन्टरमिलानलाई जित दिलाउनका लागि लउटारो मार्टिनेजले दुई तथा रोमेलु लुकाकुले एक गोल गरे ।अब इन्टर मिनानले बार्सिलोनासँग प्रतिष्पर्धा गर्नेछ भने डोर्टमण्ड स्लाभिया प्रागसँग खेल्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।