च्याम्पियन्स लिगमा हारबाट जोगियो लिभरपुल

 मंसिर १२, २०७६ बिहिबार ८:४८:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

च्याम्पियन्स लिगमा लिभरपुल हारबाट जोगिएको छ । इटालियन क्लब नापोलीविरुद्ध एन्फिल्डमा भएको खेलमा डेजान लोब्रेनले गोल गर्दै खेल बराबरीमा पुर्‍याएका थिए । 

खेलको २१ औँ मिनेटमा ड्राइज मार्टिन्सले गोल गर्दै नापोलीलाई अग्रता दिलाएका थिए । 

यो बराबरीपछि नकआउट चरणमा पुग्नका लागि लिभरपुललाई कम्तीमा एक अंक आवश्यक छ । समूहको अन्तिम खेलमा लिभरपुलले अष्ट्रियाको साल्ज्बर्गसँग र नापोलीले बेल्जियमको जेंकसँग प्रतिस्पर्धा गर्नेछ ।  

अर्को खेलमा चेल्सी भ्यालेन्सियासँग २–२ गोलको बराबरीमा रोकिएको छ । भ्यालेन्सियाको मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा कालोस सोलेरले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाए । 

त्यसको एक मिनेटपछि माटेओ कोभासिचले चेल्सीका लागि गोल गर्दै खेल बराबरीमा पुर्‍याए । ५०औं मिनेटमा क्रिष्टियन पुलिसिचले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए ।

८२औं मिनेटमा भ्यालेन्सियाका डेनियल वासले गोल गर्दै बराबरीमा पुर्‍याए ।

समूह एफमा डच क्लब आयाक्सले फ्रेन्च क्लब लिललाई २–० ले हराउँदै शीर्ष स्थानमा उक्लिएको छ । अन्तिम खेलमा चेल्सी लिलसँग र आयाक्स भ्यालेन्सियासँग खेल्नेछ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया