पाकिस्तानमा पूर्वप्रधानमन्त्री खानकाे रिहाइ माग गर्दै हजारौंको ...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै - दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल भारतसँग पराजित भएको छ ।
पहिलो खेलमा बंगलादेशलाई सोझो सेटमा हराएको नेपाल दोस्रो खेलमा भारतसँग सोझो सेटमा पराजित हुन पुग्यो । पराजयपछि पनि नेपालको सेमिफाइनल पुग्ने सम्भावना भने बाँकी नै छ ।
समूहको अन्तिम खेलमा भारत र बंगलादेश खेल्नेछन् । बलियो टिम भारतले बंगलादेशलाई हराएमा नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा पुग्नेछ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा नेपालले पहिलो सेटमा उत्कृष्ट प्रदर्शन गरेको थियो । प्रतिस्पर्धात्मक सेटमा नेपाल २४–२६ ले पराजित भयो । दोस्रो सेटमा भारतविरुद्ध निकै कमजोर देखिएको नेपाल २५–१२ ले पराजित भयो । त्यसपछि नेपाललले केही सुधारिएको प्रदर्शन गरे पनि हार टार्न सकेन । अन्तिम सेटमा नेपाल २५–१६ ले पराजित भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।