पाकिस्तानमा पूर्वप्रधानमन्त्री खानकाे रिहाइ माग गर्दै हजारौंको ...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै - नेपाली महिला भलिबल टाेली १३ औंँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरमा रहेकाे राष्ट्रिय खेलकुद परिषदकाे कभर्ड हलमा शुक्रबार भएको समूह चरणको खेलमा भारतले बंगलादेशलाई तीन-शून्यको सोझो सेटमा पराजित गरेपछि नेपाली महिला टिम सेमिफाइनलमा प्रवेश गरेको हो ।
लगातार २ खेलमा जित निकाल्दै भारत समूह ए बाट समूह विजेताका रूपमा अन्तिम चारमा पुगेकाे हाे भने नेपालले उपविजेताका रूपमा सेमिफाइनलमा स्थान बनाएकाे हाे ।
प्रतियोगितामा दुवै खेलमा हार बेहोरेको बंगलादेश भने बाहिरिएको छ । समूहको पहिलो खेलमा नेपालले बंगलादेशलाई तीन-शुन्यको सोझो सेटमा हराएको थियो भने भारतसँग तीन-शून्यले नै पराजित भएको थियो ।
अब नेपालले सेमिफाइनलमा समूह बी को विजेतासँग खेल्नेछ । जसमा नेपालले श्रीलंका र माल्दिभ्समध्ये एक टिमलाई प्रतिद्वन्दी पाउनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।