पाकिस्तानमा पूर्वप्रधानमन्त्री खानकाे रिहाइ माग गर्दै हजारौंको ...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै - १३ औंँ दक्षिण एसियाली खेलकुद साग प्रतियोगिता आइतबारदेखि औपचारिक रुपमा सुरु हुँदैछ । प्रतियोगिता सुरु हुनु अगावै भलिबल खेल सञ्चालन भए पनि बाँकी २५ खेलमा २६ इभेन्ट भने आइतबारदेखि सुरु हुनेछ ।
सागको उद्घाटन र समापन समारोह त्रिपुरेश्वरको दशरथ रंगशालामा गरिने भए पनि बाँकी खेलहरु काठमाण्डौ उपत्यकाका साथै पोखरा र जनकपुरमा हुनेछन् । पोखरामा ८ खेल र जनकपुरमा १ खेल बाहेक अरु सबै खेल काठमाण्डौमा हुन लागेका छन् ।
सागका लागि त्रिपुरेश्वरमा रहेकाे दशरथ रंगशाला अहिले सिंंगारिएको छ । मैदानभित्र चिटिक्क पारिए पनि परिसर भने अझै सफाइ गर्न १ दिन लाग्ने राखेपले जनाएको छ ।
आइतबार गर्ने समारोहका लागि शुक्रबार अन्तिम रिहर्सल गरिएको छ । रिहर्सलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी सहभागी थिए । उद्घाटनका दिन सबै देशका खेलाडी तथा पदाधिकारीका साथै नेपालका विभिन्न कलाकृति झल्कने झाँकी प्रदर्शन गरिने भए पनि शुक्रबार उनीहरुको साटो विभागीय टिमका सदस्यहरुलाई सहभागी गराएर रिहर्सल गरिएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।