१३ औँ साग: पुरुष भलिबलमा श्रीलंकालाई पराजित गर्दै भारत फाइनलमा

 मंसिर १५, २०७६ आइतबार १३:७:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - १३औंँ दक्षिण एसियाली खेलकुद अन्तर्गत पुरुषतर्फ भारत फाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको पहिलो सेमिफाइनलमा श्रीलंकलाई ३–१ को सेटमा पराजित गर्दै स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने भएको हो । भारतले स्वर्ण पदकका लागि पाकिस्तान र बंगलादेशबीचकाे विजेतासँग खेल्नेछ ।

पाकिस्तान समूह बी बाट विजेताको रुपमा तथा बंगलादेश समूह ए बाट उप-विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको थियो । पाकिस्तान र बंगलादेशबीचको दोस्रो सेमिफाइनल खेल केहीबेरमा हुँदैछ ।

त्रिपुरेश्वरमा रहेकाे राखेपकाे कभर्डहलमा जारी प्रतियोगितामा भारतले पहिलो सेट २७–२५ तथा दोस्रो सेट २५–१९ ले आफ्नो पक्षमा पार्न सफल भएको थियो । तेस्रो सेट श्रीलंकाले आफ्नो पक्षमा पार्न सफल भयो ।

सुरुदेखि भारतमाथि दबाब कायम राखेको श्रीलंकाले तेस्राे सेट २५–२१ ले आफ्नो पक्षमा पार्न सफल भयो । चोथो सेटमा श्रीलंकाले दवाव दिए पनि भारतले सहज जित हात पार्न सफल भयो । भारतले २५–२१ ले आफ्नो पक्षमा पार्दै फाइनलमा स्थान सुरक्षित गर्‍याे ।

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया