पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
जुम्ला – २० दिनदेखि आमरण अनसनमा बसेका डाक्टर गोविन्द केसीले आफू काठमाडौं जान तयार रहेको बताउनुभएको छ । केसीलाई जसरी पनि काठमाडौं लैजाने भन्दै सुरक्षाकर्मीले लाठीचार्ज र अश्रु ग्यास प्रहार गरेपछि डाक्टर केसीले आफूले डाक्टर नर्स र विद्यार्थी कुटिएको हेर्न नसक्ने भन्दै काठमाडौ जान तयार रहेको बताउनुभएको हो ।
संक्षिप्त पत्रकार सम्मेलन गर्दै डाक्टर केसीले प्रहरीले बल प्रयोग गरेका कारण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कुनै पनि क्षति पुगेको र यो आफूले सहन नसक्ने भएकाले आफू काठमाडौं जान तयार रहेको बताउनुभएको हो ।
अहिले पनि प्रतिष्ठानमा तनाब भइरहेको छ । प्रहरीले जवरजस्ती केसीलाई काठमाडौं लैजाने भन्दै बल प्रयोग गर्दा १० जनाभन्दा धेरै घाइते भएका छन् । अस्पतालका डाक्टर, स्वास्थ्यकर्मी, विद्यार्थी र स्थानीयवासीले सरकारले केसीका माग पूरा नगरी काठमाडौं जान नदिने भन्दै अवरोध गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।
Krishna
July 19, 2018, 3:59 p.m.सरकारल नै अपराधी भएपछि नेपालमा जस्तो हुन्छ स्वस्थ छेत्र
शिव अधिकारि
July 19, 2018, 1:58 p.m.दुई तिहाईको सरकार भएर होला अस्पताल भित्र अश्रुग्यास हन्ने आँट आएको।२० दिनदेखि आमरण अनसनमा बसेका डाक्टर केसी जनता को लागिअनसन बसेका थिए जनता को लागि बोल्नी को काम छैन यो देशमा । सरकारले नै नगरे पछी १,२ जना बोलेर केही हुँदैन । देश को लागि राम्रो गर्नी लाई ठाउँ नै छैन की के हो नेता हो ।