१३ औँ साग: महिलातर्फ शुटिङ २५ मिटर राइफलमा भारतलाई स्वर्ण

 मंसिर १८, २०७६ बुधबार १६:९:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - १३ औंँ दक्षिण एसियाली खेलकुद साग अन्तर्गत शुटिङतर्फ महिला २५ मिटर पेस्तोलको फाइनलमा भारतले स्वर्ण र रजत पदक तथा पाकिस्तानले कास्य पदक जितेका छन् । 

भारतकी अनुराज सिंहले ३० प्वाइन्टका साथ स्वर्ण पदक तथा २८ प्वाइन्ट जोडेकी भारतकै गौरी सिरोनले रजत पदक जितेकी थिइन् । यसैगरी पाकिस्तानकी कविर रवियाले २१ प्वाइन्टका साथ कास्य पदक हात पार्न सफल भइन् ।

नेपाली खेलाडीहरु भने यस प्रतियोगिता अन्तर्गत छनोट राउण्डबाटै आउट भएका थिए ।

यसैगरी, भारतकी निरज कौर १४ प्वाइन्टका साथ चौथो स्थानमा रहिन् भने बंगलादेशकी आरदिन फिरदोस १२ प्वाइन्टका साथ पाँचौं, श्रीलंकाकी डी एलभिस ८ अंकसहित छैटौं , ७ अंक जोडेकी श्रीलंकाकी अवियमना  एमटीआर ६ अंकसहित आठौं स्थानमा रहे ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया