सेती लोकमार्ग : १५ वर्षमा एक सय २६ किलोमिटर मात्र ट्र्याक खुल्याे
बैशाख १४, २०८१ शुक्रबार
पाकिस्तान सुपर लिग क्रिकेट (पीएसएल) मा नेपालका कुनै पनि खेलाडी परेनन् । नेपालबाट पीएसएलको ड्राफ्टमा ७ खेलाडी रहेका थिए ।
जसमा सन्दीप लामिछाने प्लाटिनम समूहमा रहेका थि ए। त्यस समूहबाट उनि बिक्री भएनन्। यस्तै सिल्भर क्याटेगाेरीमा पूर्व कप्तान पारस खड्कासहित, आरिफ शेख, विकेटकीपर विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, रोहित कुमार पौडेल, शरद भेषावकर र सोमपाल कामी रहेका थिए । जसको मूल्य १५ देखि ३५ हजार अमेरिकी डलर रहेको थियो ।
लेग स्पिनर सन्दीप लामिछाने प्लेटिनम क्वाटगेरीमा थिए । प्लेटिनम क्वाटगेरीमा रहेका खेलाडीले १ लाख ४७ हजार दखि २ लाख १८ हजार अमेरिकन डलरसम्म पाउने बताइएको थियो । सन्दीपलाई कुनै पनि टोलीले मूल्य लगाएनन् । सन् २०१८ को आईपीएलपछि सन्दीप ड्राफ्टमा परेर पनि नबिकेको यो पहिलो पटक हो ।