पाकिस्तानमा पूर्वप्रधानमन्त्री खानकाे रिहाइ माग गर्दै हजारौंको ...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै - स्पेनिस ला लिगामा लियोनल मेस्सीले ह्याट्रिक गर्दा वार्सिलाेना फराकिलाे जित निकाल्न सफल भएकाे छ । लालिगा अन्तर्गत आइतबार बिहान भएकाे खेलमा रियल माल्लोर्काविरुद्ध भएको खेलमा मेस्सीले ह्याट्रिक गरेका हुन् ।
खेलमा बार्सिलोना ५–२ ले विजयी भयाे । बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा ७ औं मिनेटमा एन्टोनी ग्रिजम्यानको गोलबाट बार्सिलोनाले अग्रता लिएकाे थियो ।
१७औं मिनेटमा मेस्सीले गोल गरी अग्रता दोब्बर बनाए । ३५औं मिनेटमा माल्लोर्काका अन्टे बुदिमिरले गोल गरी २–१ मा ल्याएका थिए । ४१औं मिनेटमा मेस्सीले अर्काे गोल गरी अग्रता पुनः बढाए लगतै ४३औं मिनेटमा स्वारेजले गोल गर्दा बार्सिलोना पहिलो हाफमै ४–१ ले अघि बढ्यो ।
दोस्रो हाफको ६४औं मिनेटमा अन्टे बुदिमिरले अर्काे गोल गरी माल्लोर्कालाई खेलमा फर्काउने प्रयास गरेका थिए । मेस्सीले ८३औं मिनेटमा ह्याट्रिक पूरा गरे । यो उनको ला लिगाको ३५औं ह्याट्रिक हो ।
खेलअघि मेस्सीले क्याम्प नाउम छैटौं पटक पाएको बोलोन डी’ओर अवार्डको प्रदर्शन गरेका थिए । गएकाे सोमबार मात्रै मेस्सीले बोलोन डी’ओर अवार्ड पाएका थिए ।
जितपछि बार्सिलोना १५ खेलबाट ३४ अंकसहित शीर्ष स्थानमा कायम छ । शनिबार रातिको खेलमा स्पानियोललाई २–० ले हराएको रियल मड्रिड समान खेलबाट समान ३४ अंक बनाई दोस्रो स्थानमा छ । बार्सिलोनाले रियललाई गोलअन्तरमा पछि पारेको हो।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।