१३ औँ साग प्रतियाेगिता : आज १५ खेल हुँदै

 मंसिर २२, २०७६ आइतबार ८:५६:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियाेगिता (साग) अन्तर्गत आइतबार १५ वटा खेल हुँदैछन् । जनकपुरमा कुस्ती हुने छ भने पोखरामा भारत्तोलन, महिला क्रिकेटको स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने छ ।

काठमाडौं उपत्यकामा पुरुष फुटबलमा नेपाल र बंगलादेश समूह चरणको खेलमा प्रतिस्पर्धा गर्दैछन् । दशरथ रंगशालामा अपरान्ह साढे ५ बजे खेल सुरु हुने छ ।

पुरुष क्रिकेटको स्वर्ण पदकका लागि श्रीलंका र बंगलादेश कीर्तिपुर मैदानमा भिड्दै छन् । ललितपुरमा पौडी, स्क्वास, जुडो लगाएतका खेल हुँदैछन् ।

प्रतियोगितामा आइतबारदेखि जुडोका खेल थपिएको हो । नेपालले जुडोमा स्वर्ण पदकको अपेक्षा गरेको छ । प्रतियोगिता लखनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद प्रशिक्षण केन्द्रमा हुने छ ।  

१३ औं सागको पदक तालिकामा भारत शीर्ष स्थानमा छ । भारतले अहिलेसम्म ११० स्वर्ण पदकसहित शीर्ष स्थानमा रहँदा नेपाल ४३ स्वर्ण पदकका साथ दोस्रो स्थानमा छ । जारी सागमा भुटानले अहिलेसम्म कुनै पनि स्वर्ण पदक जितेको छैन् ।

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया