भारतमा जारी हिराे 'आई लिग' मा किरण चेम्जाेङ 'म्यान अफ् द म्याच'

 मंसिर २५, २०७६ बुधबार ८:३४:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भारतमा जारी हिरो 'आई' लिग फुटबलमा नेपाली राष्ट्रिय गोलकिपर किरण चेम्जोङ आबद्ध मिनर्भा पञ्जाब विजयी भएको छ ।

किरणको टिमले चेन्नई सिटीलाई ३–१ गोलले पराजित गरेको हो । पञ्जाबको जितमा नेपाली गोलकिपर किरणले उत्कृष्ट प्रदर्शन गरे । उनको सशक्त प्रदर्शनका कारण खेलमा किरण नै ‘म्यान अफ द म्याच’ समेत भएका छन् । 

उनले २५ हजार भारु पनि हात पारे । निर्धारित समय सकिन १२ मिनेट बाँकी रहेका बेला दुवै तर्फबाट गरी चार गोल भएका थिए ।

एसियर पिएरिकले ७८ औं मिनेटमा गोल गर्दै पञ्जाबलाई अग्रता दिलाएका थिए । पेड्रो जाभियर मान्जीले ८५ औं मिनेटमा गोल गर्दै चेन्नईलाई खेलमा फर्काएका थिए । 

थोइबा सिंहले ८७ औं मिनेटमा गोल गर्दै पञ्जाबलाई २–१ को अग्रता दिलाए । सर्जियो बार्बोजाले ९१ औं मिनेटमा गोल गरेपछि पञ्जाब ३–१ गोल अन्तरले विजयी भयो । 

तेस्रो चरणको खेल जारी रहँदा पञ्जाब ४ अंकसहित तालिकाको पाँचौ स्थानमा छ ।

चर्चिल ब्रदर र गोकुलम ६–६ अंकसहित तालिकाको पहिलो र दोस्रो स्थानमा छन् । भारतले आई लिगको कारण देखाउँदै नेपालमा मंगलबार सम्पन्न भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को फुटबलमा सहभागिता जनाएको थिएन ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया