पाेखरा प्रिमियर लिग : काठमाण्डाै गाेल्डेन्सले भित्र्यायाे ३ भारतीय खेलाडी

 मंसिर २६, २०७६ बिहिबार १३:४८:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

काठमाण्डौ – पोखरा प्रिमियर लिग (पीपीएल) को दोस्रो संस्करणका  लागि काठमाण्डौ गोल्डेन्सले तीन जना भारतीय खेलाडी भित्र्याएको छ । 

नेपाली क्रिकेटमा चिरपरिचित नामलाई नै काठमाण्डौ गोल्डेन्सले टिममा ल्याएको हो । जसमा गौरव तोमर, जयकिशन कोल्सावाला र सुवोध भाटी छन् । यी तीन खेलाडीले यसअघि पनि पीपीएल खेलिसकेका छन् । 

एभरेष्ट प्रिमियर लिगमा ललितपुर प्याट्रियटर्सबाट खेलेका जयकिशन र गौरव पीपीएलमा पनि ज्ञानेन्द्रकै कप्तानीमा खेल्ने भएका छन् ।

सुवोध दिल्लीबाट रणजी ट्रफी खेलिसकेका खेलाडी हुन् । उनले दोस्रो संस्करणको डीपीएलमा काठमाण्डौबाट नै खेलेका थिए । जसमा उनले १ सय १६ रन बनाउनुका साथै ८ विकेट पनि लिएका थिए ।

काठमाण्डौले यही मंसिर २८ मा पोखरा पल्टनसँग खेल्दै पीपीएलको सुरुवात गर्नेछ । प्रतियाेगिता पुष १२ गतेसम्म चल्नेछ ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया