म्यानचेस्टर युनाइटेडकाे जितमा ग्रीनउडकाे २ गाेल, युराेपा लिगकाे नकआउट चरणमा प्रवेश

 मंसिर २७, २०७६ शुक्रबार ७:४७:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – युरोपा लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । गएराति भएको खेलमा म्यानचेस्टर एजेड अल्कमारलाई ४–० गोल पराजित गरेको हो ।

अन्तिम खेलमा फराकिलो जित निकाल्दै युनाइटेड समूह ‘एल’ को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । शीर्ष स्थानको युनाइटेडको १३ अंक छ। डच क्लब अल्कमार ९ अंकसहित दोस्रो स्थानमा छ । 

युनाइटेडलाई जिताउन मासन ग्रीनउडले २ गोल गरे । पहिलो हाफ गोल रहित बराबरी भए पनि दोस्रो हाफमा युनाइटेडले ४ गोल गर्यो । 

५३ औं मिनेटमा एस्ले योङले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए ।  मासन ग्रिनउडले ५८ औं मिनेटमा गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाए ।  

६२ औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै जुआन माटाले गोल गरे ।  ६४ औं मिनेटमा ग्रीनउडले व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गरे । 

यसअघिकाे समाचारमा युराेपा हुनुपर्नेमा अन्याथा भएकाेले सच्याइएकाे छ : सम्पादक

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया