पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
कास्की - कास्कीको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ ।
हिमपात भएसँगै चिसो बढेपछि यहाँको जनजीवन पनि प्रभावित भएको छ । कास्कीको अन्नपूर्ण आधार शिविर, माछापुच्छ्रे आधार शिविर, मर्दी हिमाल आधार शिविरमा हिमपात भएपछि स्थानीय तथा पर्यटकलाई सास्ती भएको छ ।
कास्कीको मर्दी हिमाल पदयात्राअन्तर्गतको कोकर, चुपरुङ डाँडा, हुमल, बादलडाँडालगायतका क्षेत्रमा हिउँ परेकाे स्थानीय राजकुमार गुरुङले जानकारी दिनुभयो । बिहान १० बजेदेखि हिमपात सुरु भएको हिमपातले त्यस क्षेत्रमा रहेका होटलमै हिँउ परेकोले समस्या भएको उहाँले बताउनुभयो ।
२ हजार २ सय ५० मिटरको उचाइमा रहेको कोकर क्षेत्रमा हिमपात भएपछि पर्यटकहरु होटलमा पुग्न नसकी रुखको ओत परेको बसेको उहाँले बताउनुभयो । ‘पर्यटकहरुको अप्ठेरोमा परेकोे थाहा पाएपछि स्थानीय होटल व्यवसायी उनीहरुलाई लिन जान लागेका छन्’, उहाँले भन्नुभयो । बिहानदेखि कोकर क्षेत्रमा हिमपात भएपछि स्थानीय नागरिक बाहिर निस्कन नसकेको उहाँको भनाइ छ । उहाँका अनुसार अहिले पनि त्यस क्षेत्रमा हिमपात भैरहेको छ ।
हिमपातले चिसो बढेसँगै आन्तरिक तथा बाह्य पर्यटक पर्यटक बढी प्रभावित भएका छन् । पोखरा क्षेत्रमा पनि बिहानैदेखि पानी परिरहेको कारण चिसो अत्याधिक बढेको छ ।
फोटो : राम गुरुङ
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
कास्कीका उज्यालो सहकर्मी सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।