जापानी फुटबल लिग टाेलीद्वारा नेपाल निलो टिम चार-शून्यले पराजित

 मंसिर २७, २०७६ शुक्रबार १७:५५:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - जापानी फुटबल लिग खेल्ने मिश्रित टिमविरुद्ध नेपालको निलो टिम चार-शून्यले पराजित भएको छ ।

नेपाली राष्ट्रिय टिमबाट खेलिसकेका र अतिरिक्त खेलाडीका रुपमा बेन्चमा बस्ने खेलाडीलाई समावेश गरेर तयार पारिएको नेपाल निलो टिमविरुद्ध पाहुना टिमले राम्रो प्रदर्शन गर्‍याे ।

भोला सिलवालको कप्तानीमा रहेको नेपालको निलो टिमले ३० औंँ मिनेटमा पहिलो गोल खान पुग्याे । उसका लागि आरासी तामासिरोको पासमा मासिको सुगिताले गोल गर्न सफल भए ।

पहिलो हाफमा एक गोलले पछि परेको नेपाल निलो टिम दोस्रो हाफमा थप दुई गोल खान पुग्यो । जसमा ४९ औं मिनेटमा सुगिताले नै जापानीज टिमका लागि दोस्रो गोल गरे । उनले नेपालको डिफेन्स र गोलकिपर अगाडि बढेको मौकाको फाइदा उठाउँदै खाली पोष्टमा गोल गरे ।

त्यसपछि ६२ औंँ मिनेटमा जापानी टिमले गोल गर्दै अग्रता तीन-शून्यमा पुर्यायो । त्यसपछि ७३ औंँ मिनेटमा नेपालले चौथो गोल खायो । उसका तोसीकी सासाकीले उत्कृष्ट गोल गरे । निकै चिसो मौसम र मैदान पनि हिलाम्य भएका कारण दुवै टिमका खेलाडीलाई खेल्न निकै असहज भएको थियो ।

नेपालको निलो टिम कुनै पनि बेला खेलमा फर्कन सकेन र पराजित भयो । अब जापानको टिमले आइतबार मनाङको टिमसँग खेल्नेछ ।

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया