ए डिभिजन लिग : मच्छिन्द्रकाे विजयी सुरुवात, ब्रिगेड ब्वाइज २-० ले पराजित

 मंसिर २८, २०७६ शनिबार १७:२६:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - शहीद स्मारक ए डिभिजन लिगमा मच्छिन्द्र क्लबले विजयी सुरुवात गरेकाे छ । 

यो सिजनको लिगका लागि नौ जना राष्ट्रिय खेलाडी भित्र्याएको मच्छिन्द्रले ब्रिगेड ब्वाइज क्लबलाई दुई-शून्यले हरायो । दशरथ रंगशाला हिलाम्ये भएपछि अन्तिम समयमा सातदोबाटोस्थित एन्फा मैदानमा सारिएको खेलमा मच्छिन्द्रको जितमा योगेश गुरुङ र दिपक राईले एक-एक गोल गरे ।

राष्ट्रिय टिमका पूर्व कप्तानसमेत रहेकाे अनिल गुरुङको कप्तानीमा रहेको ब्रिगेड ब्वाइजविरुद्ध खेलको २९ औं मिनेटमा मच्छिन्द्रले अग्रता बनायो । मच्छिन्द्रका लागि योगेश गुरुङले  पहिलाे गोल गरे ।

राष्ट्रिय टिमका पूर्व खेलाडी योगेश लिगका लागि मच्छिन्द्रमा अनुबन्ध भएका हुन् । त्यसपछि अनिल गुरुङको कप्तानीमा रहेको ब्रिगेड ब्याइजले गोल फर्काउन सकेन र मच्छिन्द्र पहिलो हाफमा एक गोलले अगाडि रह्यो ।

दोस्रो हाफमा पनि मच्छिन्द्र ब्रिगेड ब्वाइजविरुद्ध हावी नै भयो । खेलको ५० औं मिनेटमा मच्छिन्द्रले अन्तर दुई-शून्यमा पुर्यायो । यसपटक उसका लागि दिपक राईले गोल गरे । विजय धिमालको पासको सदुपयोग गर्दै उनले गोल गर्न सफल भए ।

तर त्यसपछि ब्रिगेड ब्वाइज खेलमा फर्कन सकेन र पहिलो खेलमा नै हारको सामना गर्‍याे ।

जितसँगै मच्छिन्द्रले पहिलो तीन अंक जोडेको छ । प्रतियोगितामा आइतबार कुनै खेल हुनेछैनन् ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया