विगतको खराब नतिजालाई बिर्सेर वेस्ट इन्डिजसँगको श्रृङ्खला खेल्छौ...
बैशाख १५, २०८१ शनिबार
काठमाण्डौ – शहीद स्मारक ‘ए’ डिभिजन लिग खेल्न लागेको जावलाखेल युथ क्लबलाई ‘प्रभु बैंक’ ले प्रायोजन गरेको छ । अब क्लबको नाम ‘प्रभु जावलाखेल युथ क्लब’ हुने छ ।
१ वर्षका लागि गरेको प्रायोजन बापत प्रभु बैंकले २५ लाख रुपैयाँ प्रदान गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । विसं २०३९ सालको लिगमा दोस्रो र विसं २०६७ सालको लिगमा तेस्रो स्थान हात पार्नु नै जावलाखेलले हासिल गरेको ठूलो उपलब्धि हो ।
सम्झाैता पत्रमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ अशाेक शेरचन र जावलाखेल युथ क्लबकाे तर्फबाट महेन्द्र क्षत्रीले हस्ताक्षर गरे ।
यो लिगमा उत्कृष्ट नतिजा निकाल्ने लक्ष्यका साथ जावलाखेलले तीन जना विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ भने सिक्किमबाट अर्का एक जना खेलाडी ल्याउने तयारी पनि गरिरहेको छ ।
प्रभु बैंकले प्रायोजन गरे बापत यो वर्ष जावलाखेलका खेलाडीले लगाउने जर्सीको अघिल्लो भागका बैंकको लोगो अंकित हुने छ ।
जावलाखेलले यस सिजनको लिगका लागि एपीएफबाट रुपबहादुर लामा, ब्रिगेड ब्वाइजबाट दिलेन लोक्ताम, नेपाल पुलिसबाट हरि कठायत र सुरज घिमिरेलाई पनि टिममा आबद्ध गरेको छ ।
जावलाखेलको टिमः
कुलदीप कार्की (कप्तान), टेकेन्द्र थापा, अरुण ब्लोन, सुशील कुमार यादव, मनिष पौडेल, सिमान्त थापा, निरबहादुर आले, विमल घिसिङ, सुजित बुढाथोकी, गौतम श्रेष्ठ, सुरज ठकुरी, विशाल तामाङ, एरुज सिंह, समिर कार्की, रुपबहादुर लामा, विजय घलान, यज्ञ प्रधान, दिलेन लोक्ताम, हरि कठायत, सुरज घिमिरे, अभिषेक वाइबा र गौरव श्रेष्ठ रहेका छन् ।
यसैगरी विदेशी खेलाडीमा डेडी जुनियर वाम्बा (क्यामरुन), फोडे फोफाना (गुयना), एड्मा डुमिवा (माली) छन् ।
त्यस्तै प्रशिक्षकमा नरेश थापा, सहायक प्रशिक्षकमा जग्गुनाथ खड्का, व्यवस्थापकमा प्रदीप तण्डुकार र सहायक व्यवस्थापकमा विकास कार्की रहेका छन् ।