बाग्मती, गण्डकी, लुम्बिनी र कर्णालीका केही ठाउँमा दिउँसोपछि ह...
बैशाख ८, २०८१ शनिबार
कास्की - पोखरा प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा काठमाण्डौ गोल्डेन्स् वारियर्सले पोखरा पल्टनलाई ११६ रनको लक्ष्य दिएको छ ।
पोखरा मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाण्डाैले निर्धारित ओभरमा ८ विकेटको नोक्सानीमा ११५ रन बनायाे । पोखरा शरद भेषावकरको कप्तानीमा छ भने काठमाण्डाैको कप्तानी ज्ञानेन्द्र मल्लले गरेका छन् ।
मल्ल कप्तान रहेको काठमाण्डाैको सुरुआत भने राम्रो भएन । काठमाण्डाैको ओपनिङमा जयकिशन कोल्सावाला र सुवास खकुरेल आए पनि उनीहरुको जोडी जम्न भने असफल रह्यो ।
काठमाण्डौले कोल्सावालालाई टिमको स्कोर १८ रन हुँदा पहिलाे विकेटका रुपमा गुमाएको थियो । कोल्सावाला ६ बलमा २ चौकाको मद्दतले ९ रन बनाएर आउट भएका थिए ।
दोस्रो विकेटको रुपमा खकुरेल आउट भए । टिमको स्कोर १९ रन हुँदा खकुरेल १२ बल खेल्दै ६ रन बनाएर पेभेलियन फर्किएका थिए । कप्तान ज्ञानेन्द्र मल्ल पनि १ रन बनाएर आउट भएपछि काठमाण्डौ दबाबमा आएको थियो । चौथो विकेटको रुपमा टिमको स्कोर ३४ रन हुँदा गौरब तोमार पनि १३ रनमा आउट भए ।
तोमारले ७ बलकाे सामना गर्दै २ छक्का पनि प्रहार गरे । पाँचौ विकेटको रुपमा पवन सर्राफ आउट भए । काठमाण्डौको स्कोर ४५ रन हुँदा पवन ६ रन बनाएर आउट भएका हुन् । टिमको स्कोर ६० रन हुँदा काठमाण्डौले छैटौँ विकेट गुमायो । छैटौँ विकेटको रुपमा पृथु बास्कोटा पेभेलियन फर्किएका थिए । पृथुले ७ रन जोडे । ्भा
भारतीय खेलाडी सुवोध भाटीले भने उत्कृष्ट पारी खेले । उनले २९ बलमा ४ छक्का र ४ चौकाको मद्दतले ४५ रन जोड्दै काठमाण्डौको इनिङ्स उकास्ने प्रयास गरेका थिए ।
१६.३ ओभरमा सातौँ विकेटको रुपमा भाटी आउट हुँदा काठमाण्डौको स्कोर बोर्डमा ९८ रन रहेको थियो । बसन्त रेग्मी र सुसन भारीले काठमाण्डौको स्कोर १०० कटाए । रेग्मी १२ बलमा ७ रन बनाएर रसिद खानले बोल्ड आउट गर्दै पोखरालाई आठौँ सफलता दिलाए ।
काठमाण्डौका लागि सुसन भारीले १० रन बनाउँदा अमृत भट्टराई १ रनमा नट आउट रहे ।
पोखरा पल्टनका ललित राजवंशी, रसिद खान र कुशल मल्लले २–२ विकेट लिए भने र प्रथमेश डेके, सर्वजित लड्डाले एक एक विकेट लिए । ललितले २ विकेट लिँदा ४ ओभरको स्पेलमा १ ओभर मेडन राख्दै २१ रन खर्चिए । रसिद खानले ४ ओभरमा १७ रन दिएर २ विकेट लिन सफल भए ।