भारतविरुद्धकाे पहिलाे एकदिवसीय क्रिकेटमा वेस्ट इण्डिज विजयी, हेटमायर र हाेपकाे शतक

 मंसिर ३०, २०७६ सोमबार ६:२१:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भारतविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा वेस्ट इण्डिजले प्रभावशाली जित निकालेको छ । आइतबार भएको खेलमा वेस्ट इण्डिजले भारतलाई ८ विकेटले हरायो ।

चेन्नईमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय ८७ रन बनायो । भारतका लागि रिषभ पन्तले एकदिवसीय क्रिकेटको पहिलो अर्धशतक बनाउँदै ७१ रनको पारी खेले । त्यस्तै श्रेयस अय्यरले ७० रनको योगदान गरे । 

यता मध्यक्रमका ब्याट्सम्यान केदार जाधवले ४० तथा रोहित शर्माले ३६ रन बनाए । अन्तिममा रविन्द्र जडेजाले २१ रन थपे ।

वेस्ट इण्डिजको जितमा शिमरोन हेटमायर र शाई होपले शतकीय पारी खेले । सुरुवात राम्रो गर्न नसकेको वेस्ट इण्डिजका लागि होप र हेटमायरले दोस्रो विकेटका लागि कीर्तिमानी दोहोरो शतकीय साझेदारी गरे । 

होप र हेटमायर मिलेर भारतविरुद्ध दोस्रो विकेटका लागि दुई सय १८ रनको साझेदारी गरे ।

हिटमेयरले एक सय ३९ रन बनाए । जसमा उनले एक सय ६ बलमा ११ चौका र सात छक्का प्रहार गरे । त्यस्तै होपले एक सय एक रन बनाए ।

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया