राेनाल्डाेकाे दुई गाेल : युभेन्टसले उडिनेसेलाई हरायाे

 मंसिर ३०, २०७६ सोमबार ७:१७:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इटालियन सिरी ए मा युभेन्टस फेरि लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

आइतबार राति भएको खेलमा उडिनेसेलाई ३-१ गोल अन्तरले युभेन्टस शीर्ष स्थानमा उक्लिएको हो । घरेलु मैदानमा भएको खेलमा युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे ।

खेलको ९औँ मिनेटमा रोनाल्डोको गोलमा युभेन्टसले अग्रता बनायो । त्यसपछि ३७ औं मिनेटमा गोञ्जालो हिगुइनको पासमा रोनाल्डोले व्यक्तगत दोस्रो गोल गर्दै युभेन्टसको अग्रता दोब्बर पारे । 

त्यसपछि ४५ औं मिनेटमा बुनुचीको गोलमा युभेन्टसले अन्तर ३-० मा पुर्‍यायाे । पहिलो हाफमा नै तीन गोलले पछि परेको उडिनेसेले दोस्रो हाफमा एक गोल फर्कायाे । उसका लागि खेलको इञ्जुरी समयमा पुसेतोले गोल गरे । 

यो जितले युभेन्टसले १६ खेलमा ३९ अंक बनाएको छ ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया