पाकिस्तानमा पूर्वप्रधानमन्त्री खानकाे रिहाइ माग गर्दै हजारौंको ...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डौ – पाकिस्तानी क्रिकेटर आबिद अली टेस्ट र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको डेब्यू खेलमा शतक प्रहार गर्ने विश्वको पहिलो क्रिकेटर बनेका छन् ।
आबिदले श्रीलंकाविरुद्धको पहिलो टेस्ट क्रिकेटमा गएको आइतबार यो उपलब्धि हासिल गरेका हुन् । पाकिस्तान र श्रीलंकाबीचको पहिलो टेस्ट भने बराबरीमा सकिएको छ ।
३२ वर्षीय आबिद ९५ रनमा खेलिरहेका थिए, उनले विश्व फर्नान्डोको बलमा पहिला चौका प्रहार गरे र अर्काे बलमा दुई रन लिएर आफ्नो शतक पूरा गरेका हुन् ।
आबिद अलीले गएको मार्चमा अस्ट्रेलियाविरुद्ध दुबईमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गर्दै ११२ रनको पारी खेलेका थिए ।
केही तथ्य
टेस्ट डेब्यूमा शतक प्रहार गर्ने– १ सय ६ जना क्रिकेटर
एकदिवसीय डेब्यू मा शतक प्रहार गर्ने– १५ जना क्रिकेटर
टी–२० अन्तर्राष्ट्रिय डेब्यूमा शतक प्रहार गर्ने– ३ जना क्रिकेटर
एकदिवसीय र टेस्ट डेब्यूमा शतक प्रहार गर्ने– आबिद अली (एकदिवसीयमा ११२ रन तथा टेस्टमा १०९ रन अविजित)
आबिद ती १५ जना क्रिकेटरमध्ये परे जसले एकदिवसीय क्रिकेटको डेब्यूमा शतक प्रहार गरेक थिए तर यीमध्ये कसैले पनि आफ्नो पहिलो टेस्टमा शतक बनाउन सकेनन् । आबिद टेस्ट क्रिकेट डेब्यूमा शतक प्रहार गर्ने १५औँ पाकिस्तानी क्रिकेटर पनि हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।