पाकिस्तानमा पूर्वप्रधानमन्त्री खानकाे रिहाइ माग गर्दै हजारौंको ...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डौ – राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलरक्षक किरणसिंह चेम्जोङ आबद्ध मिनर्भा पञ्जाब विजयी भएको छ ।
सोमबार भएको खेलमा मिनर्भा पञ्जाबले इण्डियन एरोजलाई एक-शून्य गोल अन्तरले पराजित गरेको हो । किरणको टिम पञ्जाबको यो लगातार दोस्रो जित हो ।
घरेलु मैदान गुरु नानक स्टेडियममा भएको खेलमा पञ्जाबलाई जिताउन एसर पाइरिक डिपान्डाले ८०औँ मिनेटमा गोल गरे । उनको एक गोल नै पञ्जाबका लागि निर्णायक गोल बन्यो ।
यो जितसँगै किरणको टिम पञ्जाब सात अंकसहित अंक तालिकाको तेस्रो स्थानमा छ ।
यसअघि भएको खेलमा पञ्जाबले पूर्व आई लिग च्याम्पियन चेन्नई सिटीलाई ३-१ गोल अन्तरले पराजित गर्दा किरण चेम्जोङ 'म्यान अफ् द म्याच' भएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।