हतियार लिएर फरार महिला प्रहरीका ‘प्रेमी’ जनकपुरबाट पक्राउ

 पुस ३, २०७६ बिहिबार २०:५२:१५ | सुभाष कर्ण
unn.prixa.net

धनुषा - जनकपुरधामबाट हतियार लिएर फरार भएका महिला प्रहरीका प्रेमीलाई धनुषा प्रहरीले पक्राउ गरेकाे छ ।

उच्च अदालत जनकपुरका महिला न्यायाधीश शकुन्तला घिमिरेकी सुरक्षा गार्ड प्रहरी जवान रनिता कुमारी केवटका प्रेमी बिहीबार जनकपुरधामबाटै प्रहरीले पक्राउ गरेको हाे । 

हतियारसहित फरार रहेका नवलपरासी रामग्राम नगरपालिका वडा नम्बर-८, का शिवेन्द्र यादव जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-१४, रामपुरबाट बन्दुकसहित पक्राउ परेको धनुषा प्रहरीले जनाएको छ ।

यादवको मोबाइल ट्रयाक गरेर लोकेशनको आधारमा पक्राउ गरेको धनुषा प्रहरीले जनाएको छ । धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीका अनुसार यादवको मोबाइल ट्रेस गर्दा त्यसको लोकेशन रामपुरमा देखाएपछि पक्राउ गर्न पुगेका प्रहरीलाई हेरेपछि भाग्ने प्रयास गर्दै गर्दा यादवलाई पक्राउ गरेको हाे ।

यादवलाई पक्राउ गरेपछि उनी लुकेर बस्दै आएको आफन्तकाे घरबाट बन्दुक बरामद गरेको प्रहरीले जनाएको छ । 

उच्च अदालत जनकपुुरका न्यायधीशकी पीएसओ रनिता कुमारी केवटले सोमबार राति हतियार लुटिएकाे उजुरी गरेपछि उनी अनुसन्धानका लागि प्रहरी नियन्त्रणमै रहेकी छिन् ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुभाष कर्ण

कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया