नेपालकै कम्पनीले विद्युतीय मोटरसाइकल उत्पादन गर्ने

 पुस ३, २०७६ बिहिबार २१:१:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालकै कम्पनीले विद्युतीय मोटरसाइकल उत्पादन गर्ने घोषणा गरेको छ ।

‘यात्री मोटरसाइकल्स्’ को पहिलो परियोजनाका रुपमा रहको ‘प्रोजेक्ट जीरो’ को काम सकिएसँगै नेपालमै विद्युतीय मोटरसाइकल उत्पादन गर्ने घोषणा गरिएको कम्पनीका प्रमुख अशिम पाण्डेले जानकारी दिनुभयो ।

यो विद्युतीय मोटरसाइकलको च्यासिस पाण्डे आफैँले निर्माण गर्नुभएको हो भने इन्जिनीयर कनिष्क सुवालले मोटरसाइकलका अरु भागको निर्माण गर्नुभएको हो ।

विद्युतीय मोटरसाइकलको आयु औषत १० वर्षको हुने यात्री मोटरसाइकल्स कम्पनीले जनाएको छ । 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया