पीपीएल : पहिलाे खेलमा पाेखरा र बुटवलबीच प्रतिस्पर्धा, दाेस्राे खेलमा पारस र दीपेन्द्रकाे टिम

 पुष ४, २०७६ शुक्रबार ७:४७:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – पोखरा प्रिमियर लिग (पीपीएल) मा शुक्रबार दुई वटा खेल हुँदैछ । पोखरा मैदानमा बिहान ९ बजे बुटवल ब्लास्टर्स र पोखरा पल्टनले प्रतिस्पर्धा गर्नेछन् ।  

बुटवल सोमपाल कामी र पोखरा शरद भेषावकरको कप्तानीमा हुने छ । पोखराको यो चौथो खेल हो भने बुटवलले तेस्रो खेल खेल्दै छ । तर दुवै टिमले तालिकामा दुई–दुई अंक मात्रै जोडेका छन् । 

पोखराले काठमाण्डौ गोल्डेन्स वारियर्सलाई पराजित गरेको थियो भने विराटनगर टाइटन्स र चितवन राइनोजसँग पराजित भएको थियो ।

आज बुटवलसँग खेलेपछि अन्तिम खेलमा पोखराले एक्सपर्ट धनगढीसँग खेल्न बाँकी हुने छ । तालिकाको चौथो स्थानमा रहेकाले पोखरालाई प्ले अफमा पुग्ने सम्भावना कायमै राख्न आजको खेल जित्नै पर्ने दबाव रहेको छ ।

बुटवल ब्लास्टर्सले सुपर ओभरमा काठमाण्डौलाई पराजित गरे पनि चितवन राइनोजसँग भने फराकिलो अन्तरले पराजित भएको थियो । 

बुटवलले पोखरासँग खेलेपछि अझै धनगढी र विराटनगरसँग खेल्न बाँकी रहेको छ । तालिकाको पुछारमा रहेको बुटवललाई पनि प्ले अफको सम्भावना कायम राख्नका लागि आजको खेल जित्नै पर्ने अवस्था छ ।

यस्तै दिउँसो १ बजे हुने दोस्रो खेलमा चितवन राइनोज र एक्सपर्ट धनगढी प्रतिस्पर्धा गर्दैछन् । चितवन लगातार २ खेल जित्दै शीर्ष स्थानमा छ भने धनगढीले एक खेलमा जित र एक खेलमा हारसहित २ अंक जोड्दै तालिकाको पाँचौँ स्थानमा छ । 

चितवन पारस खड्काको कप्तानीमा छ भने धनगढीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गरिरहेका छन् ।

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया