पाकिस्तानमा पूर्वप्रधानमन्त्री खानकाे रिहाइ माग गर्दै हजारौंको ...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डौ – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शुक्रबारदेखि दोस्रो चरणको खेल सुरु हुँदै छ । पहिलो चरणको समाप्तिसँगै एक दिन विश्रामपछि आजदेखि दोस्रो चरणको खेल सुरु हुन लागेको हो ।
दोस्रो चरणको पहिलो दिन २ वटा खेल हुँदैछन् । मध्याह्न १२ बजे एन्फा मैदान सातदोबाटोमा मच्छिन्द्र क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।
मच्छिन्द्रले पहिलो खेलमा बिग्रड ब्वाइजमाथि जित निकालेको थियो । तर गत वर्षकै अंक तिर्न बाँकी रहेकाले तालिकामा मच्छिन्द्रको २ अंक छ ।
मच्छिन्द्रमा गत सिजनमा मनाङ मर्स्याङ्दीलाई लिग च्याम्पियन बनाउँदाका खेलाडीहरुको बाहुल्यता रहेको छ । मच्छिन्द्र र च्यासल दुवै टिम जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रने छन् ।
मच्छिन्द्र विराज महर्जनको कप्तानीमा खेल्दै छ भने च्यासल सन्तोष साहुखलको कप्तानीमा छ ।
त्यस्तै दिउँसो ३ बजे दशरथ रंगशालामा हुने दोस्रो खेलमा ब्रिगेड ब्वाइज र फ्रेण्ड्स क्लब प्रतिस्पर्धा गर्दैछन् । दुवै टिमले पहिलो चरणमा पराजय भोगेकाले आज स्पष्ट जितका साथ तीन अंक जोड्ने प्रयासमा हुने छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।