गाेठमा आगलागी हुँदा गुल्मीमा एक जनाको ज्यान गयो

 पुस ५, २०७६ शनिबार १०:८:५७ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी - गुल्मीको इस्मा गाउँपालिका ३ तोरीपाटाका चिन्ताबहादुर सार्कीको गोठमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ । 

शुक्रबार राति आगलागी हुँदा परिचय खुल्न नसकेका एक जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक रबीन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । 

गोठमा चिन्ताबहादुरका परिवारका कोही पनि नसुतेकाले शव कसको हो भन्ने बारे खुल्न नसकेको उहाँले बताउनुभयो । 

घटनाको इलाका प्रहरी कार्यालय पुर्कोट दहले थप अनुसन्धान गरिरहेको छ । आगलागीका कारण गोठमा रहेका भैंसी र गोरु समेत जलेर घाइते भएका छन् । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया