इंग्ल्याण्डलाई विश्वकप जिताउने मार्टिनकाे निधन

 पुस ६, २०७६ आइतबार ७:५१:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इंग्ल्याण्डका लागि विश्वकप विजेता खेलाडी मार्टिन पिटर्सको निधन भएको छ । वेस्ट ह्यामका सर्वश्रेष्ठ खेलाडी मार्टिनको ७६ वर्षको उमेरमा निधन भएको हो ।

१५ वर्षको उमेरमा नै वेस्ट ह्याममा अनुबन्ध भएका पिटर्सले ११ वर्ष क्लबमा बिताएका थिए । त्यसपछि बेलायतको पहिलो २ लाख पाउण्ड पाउने खेलाडी बनेका उनी सन् १९७० मा टोटनह्याममा अनुबन्ध भएका थिए ।

सन् १९६६ को विश्वकपको फाइनलमा इंग्ल्याण्डका लागि गोल गर्ने खेलाडी समेत रहेका पिटरको निधनले उनका समकक्षीहरुले दुःख व्यक्त गरेका छन् ।

उनले युरोपियन कप, यूएएफए कप, दुई वटा लिग कप जितेका थिए । सन् १९८१ मा उनले पाँच वर्ष नोर्विचमा बिताएपछि सेफिल्डमा स्थानान्तरण भएका थिए । 

वेस्ट ह्याम क्लबका राजदूतसमेत रहेका उनी सधै खेल हेर्न स्टेडियममा पुग्ने गर्थे ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया