दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष अपहरणमा

 पुस ६, २०७६ आइतबार ८:५६:५९ | अमर सुनार
unn.prixa.net

दैलेख – ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीबहादुर शाही र उहाँकी श्रीमती इला अपहरणमा पर्नुभएको छ ।

शाही दम्पतीलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले शनिबार राति साढे १२ बजेकाे अपहरण गरेकाे दैलखेका सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षत्रीले जानकारी दिनुभयो ।

अध्यक्ष शाहीको भाइलाई भने अपहरण गरेको केही समयपछि छाडिएको उहाँले बताउनुभयो । इला कृष्ण माध्यमिक विद्यालयको प्रधानाध्यापक हुनुहुन्छ भने भाइ हस्तबहादुर पनि शिक्षण पेशामै आबद्ध हुनुहुन्छ ।

गाउँपालिकाको बजेट दुरुपयोग गरेको भन्दै अध्यक्ष शाहीलाई पहिला पनि विप्लव नेतृत्वको नेकपाले चेतावनी पत्र दिएको थियो । अपहरणमा परेका शाही दम्पतीको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया