भारतसँगको टेष्ट शृङ्खलाको पहिलो दिन अस्ट्रेलिया ८३ रनले पछाडि
मंसिर ७, २०८१ शुक्रबार
गुल्मी - नेपालमा पाइने ८ सय ८६ प्रजातिका चरामध्ये गुल्मीमा मात्रै २५ प्रतिशत रहेकाे तथ्य फेला परेकाे छ ।
गुल्मीको रेसुंगा वन क्षेत्रमा यसअघि २ सय ८ प्रजातिका चराहरु फेला परेकोमा यस पटक थप २० प्रजातिका चराहरु फेला परेका हुन् ।
रेसुंगा संरक्षित वनमा पाइने विश्वकै दुर्लभ चराहरुको बारेमा स्थानीय जनप्रतिनिधिहरुलाई जानकारी गराउने उद्देश्यले नेपाल पंक्षी संरक्षण संघ जीविकोपार्जन तथा संरक्षण समायोजन कार्यक्रम गुल्मीले सदरमुकाम तम्घासमा आइतबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा जिल्लामा दुर्लभ प्रजातिका चराहरुको संख्यामा वृद्धि हुँदै गएको नेपाल पंक्षी संरक्षण संघ गुल्मीका सहायक परियोजना अधिकृत भरत पन्थीले बताउनु भएको छ ।
रेसुंगा वन क्षेत्रमा गरिएको चरा सर्वेक्षणअनुसार विश्वमै दुर्लभ प्रजातिका रुपमा रहेका चरामध्ये रेसुंगामा गोमायु महाचिल, सुन गिद्ध, सेतो गिद्ध, डंगर गिद्ध, कस्मेरी मट्टा र काँडेभ्याकुरलगायतका दुर्लभ प्रजातिका चराहरु रहेका छन् ।
नेपालमा मात्र पाइने काँडेभ्याकुर रेसुंगा वन क्षेत्रमा पाइने भएका कारण यसको संरक्षणका लागि भन्दै अति संकटापूर्ण अवस्थामा रहेका चराहरुको बासस्थानलाई जोगाइ राख्न स्थानीय जनप्रतिनिधिहरुको भूमिका थप महत्वपूर्ण रहने कार्यक्रममा बताइएको थियो ।
नेपाल पंक्षी संरक्षण संघ जीविकोपार्जन तथा संरक्षण समायोजन कार्यक्रमले गुल्मीका दुर्लभ चराहरुको खोजी गरी वन क्षेत्रसँग जोडिएका स्थानीयवासीहरुलाई वन जंगलको संरक्षण र संवर्द्धनसँगै जीविकोपार्जनका लागि महत्वपूर्ण काम गरेको भन्दै गुल्मीलाई भविष्यमा चरा पर्यटनको रुपमा विकास गर्न सकिनेमा जनप्रतिनिधिहरुले जोड दिएका थिए ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरुले वन संरक्षण, जैविक विविधता संरक्षण, वातावरण र वन क्षेत्रको दिगो विकासमा आ–आफ्नो क्षेत्रवाट सहयोग आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
दुर्लभ प्रजातिका चरा संरक्षणका लागि गुल्मीमा मुख्य चुनौती र समस्याको रुपमा बासस्थानको अभाव, वासस्थान परिवर्तन, वनक्षेत्रमा विद्युतीय तार, खानेपानीको अभाव, वन डढेलो र वन्यजन्त्तु र चराचुरुङ्गीहरुको अवैध शिकार जस्ता कारणहरु मुख्य रुपमा रहेको कार्यक्रमका सहभागीहरुले बताएका थिए ।
५ वर्षदेखि गुल्मीको रेसुंगा, बलीथुम, पराल्मी र जुभुङ्गमा सम्भावित महत्वपूर्ण चरा तथा जैविक विविधता क्षेत्रमा काम गर्दै आइरहेको नेपाल पंक्षी संरक्षण संघले गुल्मीमा डिभिजन वन कार्यालयसँग सहकार्य गर्दै दुर्लभ प्रजातिका चरा र जैविक विविधता संरक्षणको क्षेत्रमा काम गर्दै आइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।