पाकिस्तानमा पूर्वप्रधानमन्त्री खानकाे रिहाइ माग गर्दै हजारौंको ...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै - शहीद स्मारक ए डिभिजन लिगमा साेमबार दुई खेल हुँदैछन । जसमा दुवै खेलमा ठूला क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
पहिलो खेलमा त्रिभुवन आर्मीले मनाङ मर्स्याङ्दी क्लब खेल्नेछन् । अर्को खेलमा थ्रीस्टार र नेपाल पुलिस क्लब आमनेसामने हुनेछन् ।
साेमबार हुने लिगका दुवै खेल दशरथ रंगशालामा हुनेछन् । मनाङ र आर्मीबीचको खेल दिउँसो १२ बजेबाट सुरु हुनेछ । लिगको पहिलो खेलमा मनाङले एपीएफलाई दुई-शून्यले हराएको थियो । यता आर्मीले फ्रेन्ड्स क्लबलाई दुई-एकले पराजित गरेको थियो । दुई उपाधिका दाबेदार क्लबबीचको खेलमा दुवै टिमको लक्ष्य जित नै रहेको छ ।
यसपटक राष्ट्रिय खेलाडीबिना नै लिगमा उत्रिएको मनाङले पहिलो खेलमा दुई-शून्यको जित निकाले पनि सोचेको जस्तो खेल्न सकेको थिएन । यता आर्मीले मनाङसँग अंक लिने लक्ष्यमा छ ।
यस्तै रंगशालामा नै दिउँसो ३ बजे हुने पुलिस र थ्रीस्टारबीचको खेलमा दुवै टिमको लक्ष्य जित हुनेछ । दुवै टिम पहिलो जितेको खोजीमा हुनेछन् । यसअघि पहिलो चरणमा दुवै टिमले बराबरी खेलेका थिए ।
थ्रीस्टार जाउलाखेलसँग गोलरहित बराबरी खेलेको थियो भने नेपाल पुलिस क्लब हिमालयन शेर्पासँग बराबरीमा रोकेको थियो । यसपटक पुलिसको टिममा खासै स्टार खेलाडी रहेका छैनन् । जसका फाइदा थ्रीस्टार लिने लक्ष्यमा हुनेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।