'रन मसिन' काेहली बने सन् २०१९ मा सर्वाधिक रन बनाउने क्रिकेटर

 पुस ८, २०७६ मंगलबार ६:४३:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले सन् २०१९ मा सर्वाधिक रन बनाउने खेलाडी बन्दै वर्षको सुखद् अन्त्य गरेका छन् ।

२०१९ को अन्तिम खेलमा वेस्ट इण्डिजविरुद्धको खेलमा ८५ रन बनाँउदै विराटले सन् २०१९ को सुखद् अन्त्य गरेका हुन् । विराटले सन् २०१९ मा अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक दुई हजार चार सय ५५ रन बनाएका छन् ।

विराटले ‘हिटम्यान’ रोहित शर्मालाई पछि पारेका छन् । रोहितले सन् २०१९ मा दुई हजार चार सय ४२ रन बनाएका छन् । त्यस्तै तेस्रो स्थानमा पाकिस्तानका ब्याट्सम्यान बाबर आजाम रहेका छन् । उनले सन् २०१९ मा हुई हजार ८० रन बनाएका छन् ।

त्यस्तै २०१९ को एकदिवसीय क्रिकेटमा भने रोहित शर्मा पहिलो नम्बरमा रहेका छन् । उनी २८ खेलमा एक हजार चार सय ९० रन बनाउँदै पहिलो स्थानमा रहे । 

भारतकै विराट कोहली दोस्रो स्थानमा रहेका छन् । उनले सन् २०१९ को एकदिवसीय क्रिकेटमा पाँच सतक र सात अर्धशतकको मद्दतमा एक हजार तीन सय ७७ रन बनाएका छन् । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया