पीपीएल : पारसकाे कप्तानीमा रहेकाे चितवनकाे लक्ष्य फाइनल प्रवेश

 पुस ८, २०७६ मंगलबार ७:३३:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – पोखरा प्रिमियर लिग (पीपीएल) मा मंगलबार चितवन राइनोज र काठमाण्डौ गोल्डेन्सबीच प्रतिस्पर्धा हुँदैछ ।

पोखरा क्रिकेट मैदानमा हुने खेल बिहान साढे ११ बजेबाट सुरु हुनेछ । जारी प्रतियोगितामा अपराजित रहेको पारस खड्काको टिम चितवनले काठमाण्डौविरुद्ध जित निकालेमा सोझै फाइनलमा पुग्नेछ । 

चितवन राइनोजले अहिलेसम्म खेलेका चार खेलमा चारैमा जित निकालेको छ ।

यता काठमाण्डौले सुरुवाती दुई खेल हारे पनि त्यसपछि लगातार दुई खेलमा जित्दै प्लेअफको सम्भावना कायमै राखेको छ । 

काठमाण्डौलाई प्लेअफमा पुग्न यो खेल जित्नैपर्ने हुन्छ । यदि पराजित भएमा काठमाण्डौले अन्य खेलको नतिजा कुर्नुपर्ने हुन्छ । 

यसपटक सबैभन्दा बलियो टिमका रुपमा देखिएको चितवनको ब्याटिङ मुख्य हतियारका रुपमा रहँदै आएको छ । अघिल्लो संस्करणमा यी दुई टिम दुई पटक खेल्दा दुवै पटक चितवन राइनोज विजयी भएको थियो । 

काठमाण्डौलाई यसपटक अघिल्लो संस्करणको हारको बदला लिनुका साथै खेल जितेर प्लेअफमा स्थान बनाउने सुनौलो मौका रहेको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया