'फास्ट ट्र्याक' बाट कानुन बनाई सहकारी पीडितका समस्या समाधान ग...
बैशाख १३, २०८१ बिहिबार
कास्की - पोखरा प्रिमियर लिग अन्तर्गत बुटवल ब्लास्टर्सले विराटनगर टाइटन्सलाई १ सय ३४ रनको लक्ष्य दिएको छ ।
पोखरा क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बुटवलले २० ओभरमा ७ विकेट गुमाउँदै १३३ रन बनायो । उसका तीन खेलाडीले मात्र दोहोरो अंक जोड्न सके ।
सुरुवात राम्रो गर्न नसके पनि उसका हर्ष टोंकले उत्कृष्ट ब्याटिङ गरे । टिमको खातामा शून्य रन हुँदा पहिलो विकेट गुमाएको बुटवलले ३२ रनमा दोस्रो विकेट खेर फाल्यो । त्यसपछि ४७ रनमा तेस्रो विकेट गुमाएको बुटवलले ९१ रनमा चौथो र एक सय १५ रन बनाउँदा पाँचौँ विकेट गुमायो । त्यसपछि एक सय २६ रन हुँदा बुटवलले सात विकेट गुमायो ।
शंकर रानाले २ रन बनाए भने भिम सार्की पाँच रनमा आउट भए । यस्तै आजको खेलमा कप्तानी गरेका सिद्धान्त लोहनी ११ रनमा बाहिरिँदा हर्षले टाेंकले ६७ रनको पारी खेले । उनले ४४ बलमा ६ चौका र ५ छक्का प्रहार गरे ।
बलिङतर्फ किशोर महतोले दुई तथा मुहम्मद जेइद आलमले तीन विकेट लिए ।