ए डिभिजन लिग : मच्छिन्द्रद्वारा फ्रेन्ड्स क्लब तीन-शून्यले पराजित

 पुस ९, २०७६ बुधबार १४:१६:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - शहीद स्मारक ए डिभिजन लिगमा मच्छिन्द्र क्लबले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । लिगको तेस्रो चरणमा विराज महर्जनको कप्तानीमा रहेको मच्छिन्द्रले फ्रेन्ड्स क्लबलाई दुई शून्यले गोलले हरायो ।

दशरथ रंगशालामा खेलको २८ औंँ मिनेटमा मच्छिन्द्रले अग्रता लिन सफल भयो । उसका पिटर सेगुनले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका हुन् । स्टार खेलाडीले भरिएको मच्छिन्द्रका लागि विदेशी खेलाडीले हेड मार्फत गोल गरे । जसका कारण लिगमा अपराजित रहेको मच्छिन्द्र एक शून्यले अगाडि रह्यो ।

त्यसपछि पनि मच्छिन्द्रले फ्रेन्ड्सको पोष्टमा आक्रमण गरे पनि थप गोल गर्न सकेन र पहिलो हाफमा एक शून्यको अग्रता बनायो । पहिलो हाफमा एक गोलको अग्रता बनाएको मच्छिन्द्रले दोस्रो हाफको सुरुवातमा नै दोस्रो गोल गर्यो ।

यसपटक उसका लागि सोमीडी एडीजेलाले गोल गरे । उनले फ्रेन्ड्सको डिफेन्स लाइनको कमजोरीको फाइदा उठाउँदै डी-बक्स भित्र पाएको बललाई उत्कृष्ट फिनिस गरे ।

त्यसपछि पनि फ्रेन्ड्सले खेलमा फर्कने मौकाको खोजी गर्दा असफल भयाे । यता मच्छिन्द्रले ८४ औंँ मिनेटमा तेस्रो गोल थप्यो । उसका लागि रेजिन सुब्बाले गोल गरे । जारी लिगमा तीन खेलमा दुई जित र एक बराबरी खेलेको मच्छिन्द्र शीर्ष स्थानमा उक्लिएको छ । फ्रेन्ड्सको भने यो लगातार तेस्रो हार हो ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया