पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
मकवानपुर - मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर-३ मा शुक्रबार दिउँसो भएको सुमो दुर्घटनामा ज्यान गुमाउनेहरुको संख्या पाँच पुगेको छ । दुर्घटनामा परेकामध्ये तीन जनाको घटनास्थलमै दुई जनाकाे उपचार गर्न काठमाण्डौ लैजाने क्रममा बाटोमा नै निधन भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ललन प्रसाद कुर्मीले ज्यान गुमाउनेहरुमा चार जना पुरुष र एक जना महिला रहेको जानकारी दिनुभयो । ज्यान गुमाएका पाँच जनामध्ये दुई जनाको मात्र सनाखत हुनसकेको छ ।
ज्यान गुमाएकामध्ये रौतहटको चन्द्रनिगाहपुर नगरपालिकाका सृजना विक र उहाँका श्रीमान मनिष विकको मात्र सनाखत भएको कुर्मीले जानकारी दिनुभयो । दुर्घटनामा परेर सुमाेमा रुहेका चार जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले काठमाण्डौबाट रौतहटको चन्द्रनिगाहपुर आउँदै गरेको ना १ ज ३४३३ नम्बरकाे सुमो इन्द्रसरोवर गाउँपालिका वडा नम्बर-३ ओखलडाँडाकाे सडकबाट तल खसेको जानकारी दिएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ ।