पाकिस्तानमा पूर्वप्रधानमन्त्री खानकाे रिहाइ माग गर्दै हजारौंको ...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डौ – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा दोस्रो स्थानमा रहेको लेस्टर सिटीले वेस्ट ह्यामलाई दुई–एक गोल अन्तरले हराएको छ ।
वेस्ट ह्यामको घरेलु मैदानमा भएको खेलमा लेस्टरले पूरै खेलमा दबाब सिर्जना गरेको थियो । खेलको सुरुवातमा नै लेस्टरले पेनाल्टीको अवसर पाएको थियो तर त्यसलाई वेस्ट ह्यामका गोलकिपरले बचाए ।
खेलको ४०औँ मिनेटमा लेस्टरका लागि केलेचीले गोल गर्दै अग्रता बनाउन सफल भए । तर उनको त्यो अग्रता धेरै समय टिक्न सकेन ।
घरेलु मैदानमा लगातार चौथो खेलमा हारको सामना गरेको वेस्ट ह्यामले ४५ औँ मिनेटमा बराबरी गर्न सफल भएको थियो । वेस्ट ह्यामका लाग पाब्लोले गोल गरे ।
दोस्रो हाफको ५६ औँ मिनेटमा लेस्टरका लागि ग्रेले एक गोल थपेपछि लेस्टरले स्पष्ट तीन अङ्क हात पार्न सफल भयो ।
यो जितपछि लेस्टरले शीर्ष स्थानको लिभरपुलसँगको दुरी १० अंकमा पुर्याएको छ । तर लिभरपुलले लेस्टरको भन्दा दुई खेल कम खेलेको छ ।
प्रशिक्षक बर्खास्त
लेस्टर सिटीसँगको हारपछि वेस्ट ह्यामले प्रशिक्षक मानुयल पिलिग्रिनीलाई बर्खास्त गरेको छ । घरेलु मैदानमा हारको श्रृङ्खलालाई कायम राख्दा क्लबले प्रशिक्षकलाई नै हटाएको छ ।
वेस्ट ह्यामले पछिल्ला १२ खेलमध्ये नौ खेलमा पराजित भएको छ । जसमा उसले चार वटा खेल घरेलु मैदानमा खेलेको थियो ।
अहिले प्रिमियर लिगको १७ औँ स्थानमा रहेको वेस्ट ह्यामले प्रशिक्षक पिलिग्रिनीलाई खेल सकिएको २ घण्टापछि नै बर्खास्त गरेको हो ।
अब उनको ठाउाँम पूर्व प्रशिक्षक डेभिड मोयज आउने प्रबल सम्भावना रहेको छ । क्लब व्यवस्थापनले टिमलाई सही दिशामा ल्याउन परिवर्तनको आवश्यकता रहेको बताएको छ ।
पिलिग्रिनीले १८ महिना वेस्ट ह्यामको प्रशिक्षकका रुपमा काम गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।