पाकिस्तानमा पूर्वप्रधानमन्त्री खानकाे रिहाइ माग गर्दै हजारौंको ...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै – नेपाली भलिबल खेलाडी मानबहादुर श्रेष्ठको टिम गुडिस स्पोर्ट्स क्लबले माल्दिभ्सको पुरुष भलिबल लिगमा दोस्रो जित हात पारेको छ ।
शनिबार राति भएको खेलमा गुडिसले पुलिस क्लबलाई ३-१ को सेटमा हरायाे । पहिलो सेट २६-२४ ले गुमाएको गुडिसले त्यसपछिको सेट २५-१८,२५-२० र २५-१७ ले जित्दै दोस्रो जित निकालेको हो ।
यस अघि गुडिसले पहिलो खेलमा स्पोर्ट्स क्लब हक्सलाई ३-० ले हराएको थियो भने दोस्रो खेलमा धिहेबी क्लबसँग ३-० ले पराजित भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।