भारतको महाराष्ट्र र झारखण्डमा विधान सभाको मतगणना चल्दै
मंसिर ८, २०८१ शनिबार
सप्तरी - प्रहरीले सप्तरी र सिराहा जिल्लाका विभिन्न स्थानबाट लागुऔषध ओसार-पसारमा संलग्न चार जनालाई पक्राउ गरेको छ ।
प्रहरी टोलीले उनीहरुलाई सप्तरीको बोदेबर्साइन, लहान नगरपालिका, सिराहको बरियापट्टि लगायतका स्थानबाट लागुऔषधसहित नियन्त्रणमा लिएको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३२ वाई ८४५० नम्बरको मोटरसाइकलमा सवार बोदेबर्साइन वडा नं. १० खडकपुर बस्ने २५ वर्षिय प्रेम कुमार मण्डल सिम्राहाबाट पक्राउ परेका थिए । जिल्ला प्रहरी कार्यालय सप्तरीले मण्डलको हेलमेटबाट निरटाभेट ट्याबलेट ७ पिस फेला पारेको हाे।
यस्तै, बरियारपट्टीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको स १० प ७१५३ नम्बरको मोटरसाइकलमा सवार २६ वर्षिय उदय नारायण चौधरीलाई ठूलो परिमाणकाे लागुऔषधसहित पक्राउ गरेको थियो ।
चौधरीको साथबाट लागुऔषध फेनारगन २ सय ५४ पिस, डाइजील्याप २ सय ५५ पिस र नोफिन २ सय ५२ पिस बरामद गरिएको सशस्त्र प्रहरी निरीक्षक कुमार तिमल्सिनाले जानकारी दिनुभयाे ।
यस्तै शुक्रबार साँझ पनि सिरहाकाे प्रहरी टोलीले सिरहा नगरपालिका–१७ पटेर्वाबाट २६ वर्षीय मुहम्मद एमामुदिन र १९ वर्षीय मोहमद रहिमलाई पक्राउ गरेको थियो ।
भारतबाट नेपालतर्फ आउँदै गरेको स ५ प ५०७५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा एमामुदिनको साथबाट नाईट्रोभेट ट्याबलेट ७ सय २० पिस फेला परेको थियो ।यस्तै, रहिमको साथबाट नाईट्रोभेट ट्याबलेट ४५ पिस गरी जम्मा ७ सय ६५ पिस ट्याबलेट बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।
पछिल्लो केही समय यतादेखी सप्तरी र सिरहा जिल्ला लागुऔषध ओसार-पसारको केन्द्रबिन्दु बन्दै गएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।