२ नम्बर प्रदेश : मन्त्रीमाथि जाइलागे प्रदेश सभा सदस्य, सुरक्षाकर्मीले जाेगाए

 पुस १५, २०७६ मंगलबार १७:३१:२९ | सुभाष कर्ण
unn.prixa.net

धनुषा - प्रदेश २ मा मन्त्री र प्रदेश सभा सदस्यबीच अघिल्लाे आर्थिक वर्षको उपभोक्ता समितिको बक्यौता रकमको विवादमा हात हालाहाल भएको छ ।

मंगलबार दिउँसो प्रदेश सभाको बैठकपछि आआफ्ना बक्यौता रकम भुक्तानीको माग गर्दै प्रदेश सभा अगाडि प्रदर्शनमा उत्रेका उपभोक्ता समितिको पक्ष लिएर कांग्रेसका प्रदेश सभा सदस्य प्रमिला दास पनि प्रदेश सरकारको विरोधमा उत्रनुभएकाे थियाे ।

विरोधकै क्रममा प्रदेश सभाको बैठकबाट नlस्किनेबित्तिकै प्रदेश सभा सदस्य दासकाे भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवसँग विवाद उत्पन्न भएको थियो । विवादकै क्रममा प्रदेश सभा सदस्य दासले मन्त्रीमाथि हात हाल्नैलाग्दा सुरक्षाकर्मीहरुले जोगाएका थिए ।

अघिल्लाे आर्थिक वर्षको झण्डै ९७ करोड रुपैयाँ विकास निर्माणको काम गरेका उपभोक्ता समितिको बक्यौता रहेको छ । बक्यौता रकमको मागबारे छानबिन समिति समेत गठन भएको थियो । त्यस समितिले प्रतिवेदन बुझाइसके पनि हालसम्म भुक्तानी हुन सकेको छैन ।

सोमबार बसेको प्रदेश सभाको बैठक पनि उपभोक्ता समितिकै बक्यौता रकमको माग गर्दै प्रतिपक्षी दल नेकपा र कांग्रेसले अवरुद्ध गरेका थिए ।

मंगलबारको बैठकमा सरकारको तर्फबाट मुख्यमन्त्री लालबाबु राउतले जवाफ दिने कार्यक्रम तय थियो । तर मुख्यमन्त्री प्रदेशमा अनुपस्थित भएपछि ५ मिनेटमै बैठक स्थगित भएको थियाे ।उक्त आन्दोलनप्रति प्रतिपक्षी दल सहित प्रदेशका उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री रामनरेश यादव र राजपा सांसद उपेन्द्र महतोले समर्थन जनाइ सकेका छन । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुभाष कर्ण

कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया