जनकपुरमा टिप्परको ठक्करबाट महिलाको ज्यान गयो

 पुस १९, २०७६ शनिबार १७:३६:५ | सुभाष कर्ण
unn.prixa.net

धनुषा - जनकपुरधाम उपमहानगरपालिका-७ मा टिपरको ठक्करबाट एक महिलाको ज्यान गएको छ ।

शनिबार मन्दिरबाट पूजा गरेर घर फर्किरहेको अवस्था पगलाबाबा धर्मशाला नजिक ना ४ ख ४५०९ नम्बरको टिप्परले ठक्कर दिँदा जनकपुरधाम उपमहानगरपालिका-६ की ४५ वर्षीया सुधादेवी ठाकुरको ज्यान गएको धनुषा प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएअनुसार टिप्परको ठक्करबाट घाइते भएकी सुधाको उपचारको क्रममा जानकी हेल्थ केयर सेन्टरमा मृत्यु भएको हो । घटनापछि टिप्पर र चालक दुवैलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

बिहान ७ बजेदेखि ठूला सवारी साधन प्रवेश निषेध गरिए पनि ट्राफिक प्रहरीले जथाभावी आवात जावत गर्न दिएका कारण नगरभित्र दुर्घटना बढेर गएको स्थानीयकाे गुनासाे छ ।

भीडभाड बजार क्षेत्रमासमेत टिप्पर तीव्रगतिमा चलाउने गरेका कारण स्थानीयमा त्रासको माहाेल भए सिर्जना भए पनि प्रहरीले कुनै चासो नदिएको स्थानीयकाे आराेप छ ।

अन्तिम अपडेट: चैत १६, २०८०

सुभाष कर्ण

कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया