राष्ट्रिय सभा सदस्य चुनावका लागि प्रदेश २ मा ४ दलका ८ जनाकाे मनोयन दर्ता

 पुस २०, २०७६ आइतबार १६:१:३१ | सुभाष कर्ण
unn.prixa.net

काठमाण्डाै - आउँदाे माघ ९ गते हुने राष्ट्रिय सभा सदस्यको चुनावका लागि प्रदेश-२ मा विभिन्न दलका उम्मेदवारहरुले मनोयनपत्र दर्ता गराएका छन् ।

प्रदेश २ मा राष्ट्रिय सभा सदस्यको रिक्त रहेको ४ सिटका लागि ८ जना उम्मेदवारले मनोयन दर्ता गराएका हुन ।

पछिल्लो पटकको सहमति अनुसार राष्ट्रिय जनता पार्टी नेपाल तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट ४ जनाले उम्मेदवारले मनोयन पत्र दर्ता गराएका हुन् । त्यसैगरी कांग्रेस र समाजवादी पार्टीको तर्फबाट पनि संयुक्त रुपमा ती सिटहरुमा मनोयन दर्ता गरिएकाे हाे ।

नेकपाको तर्फबाट महिलातर्फ तुलसा दाहाल र दलिततर्फ राधेश्याम पासवान तथा राजपाका तर्फबाट अन्य पुरुष समूह (खुल्ला) मा मृगेन्द्र सिंंह यादव र अल्पंख्यक वा अपांगताबाट शेखर सिंंहले मनोयन पत्र दर्ता गराउनुभएकाे हाे ।

त्यसैगरी कांग्रेसबाट महिलातर्फ नगिना यादव, अपांगता वा अल्पसंख्यकमा भोला पजियार र समाजवादीबाट दलिततर्फ रामपृत पासवान र अन्य पुरुष समूह (खुल्ला) तर्फ अनिरुद्ध सिंहले मनोयन गराएका छन् ।

उम्मेदवारी दर्ता गराउन अघि नेकपा र राजपाका तथा कांग्रेस र समाजवादी दुई समूहमा विभाजित भएर सयौँ कार्यकर्तासहित नारा जुलुसका साथ नगरपरिक्रमा गर्दै निर्वाचन आयोगको कार्यालय पुगेका थिए ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुभाष कर्ण

कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया